काठमाडौं महानगरपालिकाले भन्याे ‘फाेहाेर घर बाहिर ननिकाल्नु’

काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहोर आफ्नो घरबाट बाहिर ननिकाल्न महानगरबासीलाई अनुरोध गरेको छ ।

काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै घरबाट निस्कासन हुने फोहोर सुरक्षित तरिकाले घर कम्पाउण्डभित्रै राख्न भनेको हो ।बन्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर बिसर्जनमा अवरोध भएपछि केहि दिनदेखि फाेहाेर उठेकाे छैन ।

महानगरपालिकाको वातावरण तथा व्यवस्थापन विभागले जारी गरेको सूचनामा लेखिएको छ, ‘अर्को सूचना जारी नभएसम्म आफ्नाे घरबाट निस्कासन हुने फोहोर मैला घर/कम्पाउण्डमा सुरक्षित तवरले राख्नुहुन र जथाभावी सडक तथा सार्वजनिक स्थलमा नफाल्नुहुन अनरोध छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here