नारायणगढ–मुग्लिन : ढुंगा झर्दैछ, तर राजमार्ग सूचारु

१५ कात्तिक, काठमाडौं । मुग्लिन नारायणगढ सडक खण्डमा आज यातायात सूचारु छ । तर, तुईन खोला पुल र काली खोला नजिकै सामान्य रूपमा झरेको स–साना ढुंगाहरू मेशिनको प्रयोग गरि हटाइएको छ ।

सो क्रममा पनि सवारी आवागमन रोकिएको थिएन । वर्षातको समयमा यस क्षेत्रमा पहिरोको उच्च जोखिम भएकाले सडकको अवस्था बुझेर लेन अनुशासनमा रहि सुरक्षित यात्रा गर्न सडक डिभिजन कार्यालयले अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here