१५ कात्तिक, काठमाडौं । धनगढीबाट काठमाडौंका लागि उडेको श्री एअरलाइन्सको जहाज भैरहवामा आकस्मिक अवतरण गरिएको छ । विमानस्थ्ल कार्यालयका अनुसार यो जहाज १० बजेर १ मिनेट जाँदा धनगढीबाट उडेको थियो । तर विमानमा प्राविधिक समस्या आएपछि भैरहवा विमानस्थलमा आकस्मिक अवतरण गर्नु परेको छ ।
उडान नम्बर २२२ को विमान काठमाडौं नपुग्दै बीच बाटोमै हाइड्रोलिक फेल भएपछि भैरहवमा सुरक्षित अवतरण गराइएको छ । हाइड्रोलिक लक भएपछि जहाज रन वेमै रोकिएको थियो । करिब ४० मिनेट विमानस्थल बन्द गरिएको छ । यस जहाजलाई नेपाल एयरलाइन्सको मेसिनले बाहिर ल्याएको छ । जहाजमा चालक दलका सदस्यसहित ८२ यात्रु सवार थिए । विमानस्थल सूचारु भइसकेको छ ।



















