ट्याक्टर दुर्घटनामा चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु

रासस
काठमाडौं । भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।
षडानन्द नगरपालिका–४ मा शनिबार काठ बोकेको ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु र चार जना घाइते भएका हुन्।

प्रदेश नं १–०२–००३ त १२१३ नम्बरको ट्याक्टर चाम्लादाङबाट दिङ्लातर्फ आउँदै थियो।

षडानन्द नगरपालिका–४ केराबारीका २५ वर्षीय ट्याक्टर चालक आइतबहादुर तामाङ र अरुण गाँउपालिका–४ चरम्बीका १७ वर्षीय नविन तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख राजु लामाले जानकारी दिए।

दुर्घटनामा परी घाइते हुनेमा १९ वर्षीय दाछिरि शेर्पा, २३ वर्षीय अम्बर तामाङ, १८ वर्षीय सागर तामाङ र १८ वर्षीय सुनिता तामाङ छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here