रुकुमपूर्वमा अटाे दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं । रुकुमपूर्वको भूमे गाउँपालिका–१ स्यावालस्थित मध्यपहाडी लोकमार्गमा शनिबार अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् ।

शनिबार राति लुकुमबाट ब्राहतालतर्फ जाँदै गरेको रा१ह ६७९७ नम्बरको अटो सडकबाट करिब ३०० मिटर तल खस्दा दुर्घटना भएको हो । घाइतेहरूलाई उद्धार गरी उपचारका लागि रुकुमपूर्व अस्पताल पुर्याइएकाेमा उपचारका क्रममा भूमे–१ की ३० वर्षीया रेजिना घर्ती र २५ वर्षीया सबिता घर्तीको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका २६ वर्षीय प्रतीक्षा बुढा, उनका ११ महिनाका छोरा सुभम बुढा, २८ वर्षीय ब्युटी पुन, २ वर्षीया समृद्धि पुन र ३ वर्षीय सक्षम घर्ती उपचारपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

अटो चालक भूमे–१ लुकुमका २९ वर्षीय जोते घर्ती फरार छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here