दाउन्ने खण्डमा आज पनि समस्या, घण्टौ जाम

file

१६ कात्तिक, काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्ने खण्डमा सवारी साधनको लामो जाम देखिएको छ । घण्टौं जाममा परेपछि यात्रु मारमा परेका छन् । पानी परेसँगै बाटो चिप्लो भएको छ । केही सवारी साधनहरु बिग्रिएर बाटोमै रोकिएकाले सवारी साधनको जाम लागेको प्रहरीले बताएको छ ।

अरुणखोला, चोरमारातर्फको जंगल क्षेत्रमा सयौं सवारी साधन रोकिएका छन् । त्यहाँ करिब ४०० गाडीहरुको लाइन बाँकी छ । प्रहरीका अनुसार दाउन्ने सडकखण्डको तिसठ्ठी मोडमा ४ वटा ट्रक र एउटा बसमा बिग्रिएकाले राजमार्ग एकतर्फी भएको छ ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी निरीक्षक मोहन खड्काले दाउन्ने खण्डमा सवारी साधनको अत्यधिक चाप रहेको जानकारी दिए । उनका अनुसार दाउन्ने खण्डको विभिन्न ठाउँमा गाडी बिग्रिएकाले एकतर्फी भएको हो । थोरै पानी पर्दा समेत यो सडकमा अवरोध आउने गर्छ । अझ चिसो मौसममा बिहान सीत पर्दा समेत दाउन्नेको बाटो चिप्लो हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here