गुल्मीमा माेटरसाइकल दुर्घटना, एककाे मृत्यु

काठमाडौं । गुल्मीको इस्मा गाउँपालिका–१ भाराह खोलास्थित सिमलटारी–तम्घास सडकखण्डमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

शनिबार राति झरनाबाट तम्घासतर्फ आउँदै गरेको लु५६प ८४२६ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हाे।

दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका रेसुङ्गा नगरपालिका–२ का २६ वर्षीय सरोज बस्नेत गम्भीर घाइते भएका थिए । उनको जिल्ला अस्पताल तम्घासमा उपचारका क्रममा मृत्यु भएको हाे।मोटरसाइकल चालक रेसुङ्गा नगरपालिका-२ बाख्रेछेडाका २७ वर्षीय मोहनसिं बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here