काठमाडौं । आइतबार सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले सुनको भाउ बढेको हो ।
सुन शुक्रबार तोलामा २७ सय बढेर अघिल्लो दिन २ लाख ३९ हजार रुपैयाँ पुगेकाे थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँ तोकेको छ ।
यसअघि असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।
यता आज चाँदीको भाउ भने घटेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँले मूल्य घटेर चाँदी प्रतितोला ३०५५ रुपैयाँ कायम भएको छ ।



















