किन पर्छ महिलाहरुको बढी रोजाईमा निबुवा ? के-के छ फाइदा

काठमाडौं । यो समयमा निबुवा, कागती, भोगटेजस्ता अमिलो फलफूल प्रशस्तै पाइन्छ । यसको फल अमिलो हुन्छ । यसबाट चुक पनि बनाइन्छ । जसबाट भिटामिन सी प्राप्त हुन्छ ।

जाडोयाम सुरु हुनै लाग्ने बढी मात्रमा रुचाईने निबुवा विशेषगरी, महिलाले बढि मन पराउने गरेका छन् । पुरुषको तुलनामा महिलाहरुले नै बढी अमिलो पिरो खाने गरेका छन् ।

त्यस्तै, सुन्तलाजन्य फलहरू जुनार, मौसम तथा ज्यामिर पनि अहिले नै पाइन्छन् । यस्ता फलफूल मौसमको खान्की मात्र नभएर विभिन्न रोगमा फाइदाजनक पनि रहेका छन् ।

पहाडी क्षेत्रमा बढी पाइने निबुवाले खाना पचाउन सहज बनाउँछ । यो पौष्टिक आहारको रूपमा पनि लिइने निबुवाले विशेषगरी घाँटीमा फाइदा गर्छ ।

यसको अमिलोपनाले रक्सीको नशा चाँडै उतार्छ । रसलाई पकाएर चुक अमिलो बनाइन्छ । चुक सुन्निएको ठाउँमा लगाउँदा फाइदा हुन्छ ।

विष विकारमा राम्रो गर्नुका साथै टुटेको हड्डीमा लेप लगाउँदा उपयोगी हुन्छ । फलको बोक्रा सेवन गर्दा चिसोले बनेको कफ हटाउँछ ।

यसको बिउले पायल्स, पित्त विकार र जलन हटाउँछ । यसको जरा सेवन गरे पेटमा परेको चुर्ना हटाउँछ र पेट दुखेकोमा फाइदा गर्छ । भोक जगाउँछ । पिसाबसम्बन्धी खराबी, पत्थरी र दात दुखेकोमा कम गराउन सहयोगी हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here