काठमाडौं । नेपाल सरकारद्धारा स्थापित भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ करोड रुपैयाँ जम्मा गरेको छ । उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले सो रकम हस्तान्तरण गरेका हुन् ।
त्यस्तै एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनलि बल्लभ पन्तले रु २५ लाखको चेक अर्थ मन्त्रालयमा अर्थमन्त्रीलाई हस्तान्तरण गरेका छन् ।
कोषमा आज प्राप्त हुन आएको चेक रकम सहित जम्मा ७ करोड ५१ लाख ६० हजार चार सय उनान्चालीस संकलन भएको बताइएको छ ।
























