काठमाडौं । बुधबार सुनको भाउ प्रतितोला ११ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ प्रतितोला २ लाख ३७ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ३८ हजार ३ सय रुपैयाँ थियो ।
चाँदीको भाउ पनि बुधबार २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन ३०१५ रुपैयाँ रहेको चाँदी आज २९९० रुपैयाँमा झरेको छ ।




















