काठमाडौं । बझाङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
थालारा गाउँपालिका-२ काँडास्थित भित्री सडक खण्डमा सुदूरपश्चिम प्रदेश ०१-००२ त ५७२४ नम्बरको ट्याक्टर सडकबाट ५०० मपटर तल खस्दा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
थलारा-२ का ६० वर्षीय पमले खाती र ६२ वर्षीय जसे खातीको घटनास्थलमै मृत्यु भएको हाे।
दुर्घटनामा ट्याक्टर चालक कैलालीको गोदावरी नगरपालिका–४ का ४५ वर्षीय खुशीराम चौधरी गम्भीर घाइते भएका छन् । उनको छाती र बाँया खुट्टामा गम्भीर चोट लागेकाे उनकाे जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।






















