काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेकि छिन्। नाम दर्ता गर्न तोकिएको म्याद नौ दिन मात्र बाँकी रहेको भन्दै प्रधानमन्त्री कार्कीले नामावलीमा नाम दर्ता गर्न आह्वान गरेकि हुन्।
उनले आज एक्स अकाउन्ट मार्फत मत नै आवाज भन्दै नामावलीमा नाम दर्ता गर्न आग्रह गरेकि छिन्। फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि यही कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराउने समयसिमा तोकेको छ ।
























