‘हाहुमा बनेको असंवैधानिक सरकारलाई देश सुम्पिएर केपी ओली भागेर जान्छ ?’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश छाडेर नभाग्ने बताएका छन् । एमाले शिक्षा तथा मानवस्रोत विभागद्वारा शुक्रबार काठमाडौंमा आयोजित केपी ओलीसँग अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले मर्नुपरे देशमा मर्ने, कतै नभाग्ने बताएका हुन्। साे अवसरमा उनले सुशीला कार्कीको सरकारलाई फेद न टुप्पोको आकाशबेली सरकार भएको टिप्पणी गरे ।

‘अहिले यो फेद न टुप्पोको सरकार, जरा पनि छैन हाँगा पनि छैन । एउटा पहेंलो लहरो हुन्छ नि एउटा, आकाशबेली जस्तै कहाँबाट पलायो कहाँबाट ?, ‘यो आकाशबेली सरकारले हामीजस्तो कमिटमेन्ट भएको मान्छेलाई पासपोर्ट रोक्का गर्छ । के काम गर्छ यसले ?’

‘केपी ओली भागेर जान्छ ? मर्न परे यस देशमा मर्छ । सुकरात त्यसबेला भागेनन् । आजको केपी ओली भाग्छ !उनले भने,

उनले थपे यो हाहुमा बनेको गैरजिम्मेवार कसैप्रति जिम्मेवार नभएको असंवैधानिक सरकारलाई अनुत्तरदायी सरकारलाई देश सुम्पिएर केपी ओली भागेर जान्छ ?’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here