काठमाडौं । कपिलवस्तुमा दुइवटा मोटरसाइकल ठोक्किँदा प्रहरी सहायक हवलदारको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार लुम्बिनी–तौलिहवा सडक खण्डको लवनीस्थित सुद्धोधन गाउँपालिका वडा नं. ३ को कार्यालय नजिकै लु २७ प २०८५ नं. को मोटरसाइकल र तौलिहवाबाट लवनीतर्फ आउँदै गरेको लु ८३ प ७६९२ नं. को मोटरसाइकल एक आपसमा ठोक्किँदा प्रहरी सहायक हवलदारको मृत्यु भएको हो।
दुर्घटनामा कपिलवस्तुका वाणगंगा नगरपालिका वडा नं. ४ कोपवामा कार्यरत प्रहरी सहायक हवलदार राम विलास यादवको मृत्यु भएको हो। यादव हाल प्रहरी चौकी कोपवामा कार्यरत थिए।
प्रहरीका अनुसार शुक्रवार दिउसो ३ बजेतिर लवनीबाट तौलिहवातर्फ जाँदै गरेको यादव बसेको एक आपसमा ठोक्किएका थिए।
मोटरसाइकलको पछाडि बसेका यादव सडकमा पल्टिएलगत्तै लवनीबाट तौलिहवा तर्फ जाँदै गरेको ना ६ ख ७७१९ नं. को ट्रकले पुनः ठक्कर दिएको थियो।
मोटरसाइकल र ट्रकको ठक्करपछि तत्काल तौलिहवा स्थित कपिलवस्तु अस्पताल पुर्याइएकोमा चिकित्सकले यादवलाई मृत घोषणा गरेका थिए।
दुर्घटनामा माेटरसाइकलक चालक रोहिणीका ३१ वर्षीय निरञ्जन यादव र उनलाई ठक्कर दिने मोटरसाइकलमा सवार कालिकोटको शुभ कालिका गाउँपालिका वडा नं. ५ का ३२ वर्षीय उमाकान्त अधिकारी घाइते छन्























