यस्ताे छ आजकाे सुन चाँदीकाे बजार भाउ

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य बढेको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबारको तुलनामा आज सुन २ सय रुपैयाँले बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार २ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ३८ हजार ६०० कायम भएको छ। शुकबार प्रतितोला सुनको मूल्य २ लाख ३८ हजार ४०० पुगेको थियो।

आज चाँदीको मूल्य सामान्य घटेको छ। आज ५ रुपैयाँले घटेर एक तोला चाँदी ३ हजार १५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

शुक्रबार चाँदी तोलाको ३ हजार २० रुपैयाँमा काराेबार भएको थियाे।