काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरपालिकाभित्र प्लास्टिक, प्लास्टिककजन्य वस्तु र फोहर बाल्न रोक लगाएको छ ।
महानगरको वातावरण व्यवस्थापन विभागले खुला ठाउँमा प्लास्टिक, प्लास्टिककजन्य वस्तु र फोहर बालेमा १० हजार रुपैयाँ जरिबाना गर्ने चजानकारी दिएको छ । चिसो मौसम सुरु भएसँगै फोहर, प्लास्टिक र अन्य वस्तु खुला ठाउँमा बाल्ने क्रम बढेको भन्दै यस्तो चेतावनी दिएको हो ।
जाडो महिनामा काठमाडौं उपत्यकाको वायु प्रदूषणको स्तर अत्यधिक रूपमा बढ्ने गरेको भन्दै महानगरले यस्तो सूचना जारी गरेको जनाएको छ ।
महानगरका अनुसार वायु प्रदूषणले बालबालिका, ज्येष्ठ नागरिक, दम, खोकी जस्ता श्वासप्रश्वासका बिरामी, मुटुमा समस्या भएका तथा दीर्घ रोगको सामना गरिरहेका व्यक्तिलाई बढी असर गर्ने गरेकाे छ।
महानगरले जारी गरेको प्रतिबन्ध सम्बन्धी अनुरोध कसैले अटेर गरेमा काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ तथा आर्थिक ऐन, २०८२ बमोजिम कारबाही हुने छ।






















