मनाङमा बेपत्ता दुई भारतीय बाबु छाेरिकाे शव भेटियाे

२३ कात्तिक, काठमाडौं । कात्तिक ३ गतेदेखि मनाङमा बेपत्ता दुई भारतीय नागरिकको शव भेटिएको छ ।

५२ वर्षीय जिग्नेसकुमार लल्लुभाई पटेल र उनकि छाेरि १७ वर्षीया प्रियन्साकुमारी पटेलको शव सशस्त्र प्रहरीले आइतबार दिउँसो करिब २ बजे फेला पारेको हो ।

मनाङको ङिस्याङ गाउँपालिका–४ स्थित ग्याल्सेन होटलबाट ३ कात्तिकमा सोही गाउँपालिका–५ स्थित मलेरिपा गुम्बा घुम्न जान्छु भनि हिँडेका उनीहरू सम्पर्कविहीन भएका थिए ।

सम्पर्कविहीन भएपछि उक्त होटलले खोजीकार्यका लागि सशस्त्र प्रहरी बल, नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङलाई जानकारी गराएको थियो ।

तालिम शिक्षालय मनाङले खोजीकार्य गरीरहेकोमा नभेटिएपछि पुन: २३ कात्तिकमा सशस्त्र प्रहरी नायव उपरीक्षक हिराबहादुर जिसीको कमान्डमा उद्धार सामग्रीसहित खटिएको थियो ।

माउन्टेन रेस्क्यु तालिम प्राप्त टालीले उनीहरूको शव उक्त गुम्बाबाट करिब सय मिटरमाथि हिउँले पुरिएको अवस्थामा फेला पारेको हाे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here