काठमाडौं । सूचीकृत कम्पनीले पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेपछिको आइतबारको सेयर कारोबारमा गिरावट आएको छ । आइतबार नेप्से परिसूचक ३० अंकले घटेको छ । त्यसाे त आज कारोबार रकम पनि ४ अर्ब ९० करोड रुपैयाँमा झरेकाे छ। बिहीबार नेप्सेमा ५ अर्ब ३२ करोड रुपैयाँ बराबर कारोबार भएको थियो ।
आज सेयर बजार २५६६.०९ अंकमा झरेर बन्द भएको हाे।
आइतबार कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य घटेकाे छ। त नेप्सेमा कारोबार भएका २ सय २२ कम्पनीको सेयर मूल्य घटकेो छ । त्यसैगरी २८ कम्पनीको सेयर मूल्य बढेको छ भने एक कम्पनीको सेयर मूल्य स्थिर छ ।
बैंकिङ १७.७२ अंकले घटेको छ । त्यस्तै विकास बैंक समूह ९८.६१ अंक,वित्त ६९.४९, होटल ४३.३८, जलविद्युत् ३९.४०, लगानी १.६३, जीवन बीमा १७४.९५, उत्पादनमूलक ६२.१२, लघुवित्त ६२.८६, सामूहिक लगानी कोष ०.२१, निर्जीवन बीमा १४४.६८, अन्य समूह ३.०३ र व्यापार समूह २१.९५ अंकले घटेको छ ।
आइतबार नेप्सेमा ३ सय २३ कम्पनीको ४७ हजार २ सय ६८ कारोबारबाट ४ अर्ब ९० करोड ७६ लाख रुपैयाँ बराबर १ करोड ६ लाख १९ हजार कित्ता सेयर खरिद–बिक्री भएको छ ।





















