राष्ट्रपतिका निजी चिकित्सक बाँस्कोटा त्रिवि उपकुलपतिमा नियुक्त

काठमाडौं, १७ कात्तिक । धर्मकान्त बाँस्कोटा त्रिभुवन विश्वविद्यालयका उपकुलपतिमा नियुक्त भएका छन्।

प्रधानमन्त्री एवम् त्रिविका कुलपति केपी शर्मा ओलीले बाँस्कोटालाई उपकुलपतिमा नियुक्त गरेका हुन्। बाँस्कोटा राष्ट्रपतिका निजी चिकित्सक पनि हुन्। उनि यसअघि मेडिकल काउन्सिलको अध्यक्ष भइसकेका थिए।