आज पनि घट्यो सेयर बजार, कारोबारमा कमी

काठमाडौं । सोमबार नेप्से परिसुचक ५ दशमलव८० अंक घटेर २५६० मा कायम भएको छ । आज सेयर बजार २५४४ अंकमा झरेर बन्द भएको हो ।

आज ९१ कम्पनीको मूल्य बढ्दा १५१ को घट्यो भने ११ को स्थिर रहेको छ । आज होटल तथा पर्यटन समूह १ दशमलव६४ प्रतिशत बढ्यो । त्यस्तै व्यापार ० दशमलव ५५ रलगानी ० दशमलव १० प्रतिशत बढे । यीबाहेक सबै समूहका सूचक घटेका छन् ।

कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब ९० करोडको कारोबार भएकोमा आज ४ अर्ब ५१ करोडमा सीमित भयो ।

बैंकिङ ० दशमलव ६०, विकास बैंक ० दशमलव ६३, फाइनान्स ० दशमलव ७५, हाइड्रोपावर ० दशमलव १०, जीवन बीमा ० दशमलव २६, उत्पादन तथा प्रशोधन ० दशमलव३०, माइक्रोफाइनान्स ० दशमलव ०८, निर्जीवन बीमा ० दशमलव ४१ तथा अन्य ० दशमलव २९ प्रतिशत घटेका छन् ।

आज पाँच कम्पनीको मूल्य १० प्रतिशत बढेको छ। १० प्रतिशत मूल्य बढेका कम्पनीमा दरामखोला हाइड्रो इनर्जी, सागर डिस्टिलरी, माबिलुङ इनर्जी र सिटी होटल छन् ।

यता उन्नति सहकार्य लघुवित्तको मूल्य १० प्रतिशत घटेको छ । त्यस्तै रुरु जलविद्युतको ८ दशमलव ४५, धौलागिरी लघुवित्तको ५ दशमलव ६६ तथा उपकार लघुवित्तको ५ दशमलव ६३ प्रतिशत मूल्य घटेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here