फेसबुकको दैनिक प्रयोगकर्ता १ अर्ब ६२ करोड, मुनाफा १९ प्रतिशतले बढ्यो

काठमाडौं, १७ कात्तिक । सामाजिक सञ्जाल फेसबुकले तिन महिना (जुलाई—सेप्टेम्बर)को अबधीमा ६ अर्ब डलर भन्दा धेरै मुनाफा कमाएको छ ।

कम्पनीले सार्वजनिक गरेको त्रैमासिक रिर्पोटका अनुसार कम्पनीले गएको ३ महिनाको अबधीमा ६ अर्ब अमेरिकी डलर भन्दा धेरै रकम मुनाफा कमाएको हो । यस अवधिमा फेसबुकको आम्दानी २९ प्रतिशतले बढेर १७ अर्ब ६५ करोड डलर पुगेको छ ।

यो सँगै जुलाई- सेप्टेम्बर त्रैमासमा फेसबुकको दैनिक सक्रिय प्रयोगकर्ताहरुको संख्या ९ प्रतिशतले बढेर एक अर्ब ६२ करोड डलर पुगेको छ ।
यो रकम अघिल्लो वर्षको यही समयको तुलनामा १९ प्रतिशत बढी हो । यसका साथै फेसबुक प्रयोगकर्ताको संख्या पनि बढ्दै गएको कम्पनीले बताएको छ ।

पछिल्लो तिन महिनामा फेसबुक प्रयोगकर्ताको संख्यया पनि ९ प्रतिशत भन्दा धेरै बढेको छ । जसको कारण दैनिक १ अर्ब ६२ करोड भन्दा धेरै मानिसहरुले फेसबुक प्रयोग गर्ने गरेको पनि रिपोर्टमा समावेश छ ।

सेप्टेम्बर महिनामा २ अर्ब २० करोड भन्दा धेरै मानिसहरुले फेसबुक प्रयोग गरेको पनि रिर्पोटमा बताईएको छ । यो संख्या अघिल्लो वर्षको सेप्टेम्बर महिनाको तुलनामा ८ प्रतिशत भन्दा धेरै हो ।

रिर्पोटका अनुसार सबैभन्दा धेरै फेसबुक प्रयोग गर्ने क्षेत्रमा एसिया महादेश रहेको छ । फेसबुक प्रयोगकर्तामा ३५ प्रतिशत भन्दा धेरै मानिसहरु एसिया महादेशका मात्रै छन् । इंस्टाग्राम र ह्वाट्सएप पनि फेसबुक ग्रुपका प्लेटफर्म नै हुन् ।(एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here