भदौं २३ र २४ गते जेन–जी आन्दोलनमा भएको क्षतिमा ३ अर्ब ६८ करोड भुक्तानी

भदौं २३ र २४ मा भएको जेन–जी आन्दोलनमा भएको क्षतिमा बिमा कम्पनीहरुले ३ अर्ब ६८ करोड रुपैयाँ भुक्तानी गरेका छन् । यो कात्तिक २४ गतेसम्मको भुक्तानी हो ।

कात्तिक २४ गतेसम्म तथ्यांकअनुसार बिमा कम्पनीहरूमा २३ अर्ब ४६ करोड ९१ लाख रुपैयाँ बराबरको दाबी परेको छ । त्यसमध्ये सोमबारसम्म ३ अर्ब ६८ करोड ४१ लाख रुपैयाँ बराबर मात्र भुक्तानी भएको हो । गत सोमबारसम्म बिमा कम्पनीहरूमा ३ हजार २ सय ४६ वटा दाबी परेका छन् ।

सोमबारसम्म भएको दाबी भुक्तानीमध्ये सबैभन्दा बढी २ अर्ब ९२ करोड ८६ लाख रुपैयाँ सम्पत्ति बिमा (घरसम्पत्ति) अन्तर्गतको छ ।

सम्पत्ति बिमापछि धेरै भुक्तानी भएको मोटर बिमा हो । जसमा ६८ करोड ६१ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी भएको छ । ठेकेदार तथा इन्जिनियरिङ बिमामा ६ करोड २२ लाख, पारवहन बिमामा ४७ लाख र अन्य बिमामा २३ लाख रुपैयाँ बराबरको भुक्तानी भएको छ । खासगरी ठूला क्षतिमा मूल्यांकनको काम र प्रक्रियागत काम नसकिएकाले परेको दाबीमध्ये कम मात्र बिमा भएको देखिएको बिमा कम्पनीहरूले तथ्यांक छ ।

पछिल्लो प्रदर्शनमा भौतिक संरचनामा भएको क्षतिको बिमा दाबीमध्ये ७०.५४ प्रतिशत सवारीसाधन (मोटर) बिमाको रहेको पाइएको छ । हालसम्म बिमा कम्पनीहरूमा करिब ३ अर्ब ४७ करोड ७ लाख रुपैयाँ बराबरको २ हजार २ सय ९० वटा दाबी सवारी बिमामा परेको छ । त्यसमध्ये हालसम्म ६८ करोड ६१ लख रुपैयाँको भुक्तानी भएको प्राधिकरणको तथ्यांक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here