मिति २०८२ साल कार्तिक २४ गते बसेको सानिमा बैंकको सञ्चालक समितिको बैठकको निर्णयानुसार पवन कुमार आचार्यलाई मिति २०८२ माघ १२ गतेदेखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।
स्थायी ठेगाना ललितपुरमा बस्नु हुने आचार्य २०६० सालमा सानिमा बैंकको स्थापनाकालदेखि नै बैंकमा कार्यरत रहि बैंकिङ्ग क्षेत्रमा २१ वर्ष लामोे अनुभव संगालेका छन् ।
आचार्यले सानिमा बैंकको नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी निभाउँदै आएका छन् । यस अघि पनि बैंकको दशवटा विभागमा वहाँले विभागीय प्रमुखका रुपमा राम्रो अनुभव बटुलेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।
आचार्यको कर्जा मुल्याङ्कन, डिजिटलाइजेसन तथा परियोजना लगानीमा विज्ञता रहेको छ । साथै, उनी सानिमा बैंकको सहायक कम्पनी सानिमा क्यापिटलमा संचालक समितिमा अध्यक्षका रुपमा कार्यरत छन् । यसबाहेक पनि उनको प्रोडक्सन इन्जिनियरमा चार वर्ष र भिजिटिङ फ्याकल्टीमा पाँच वर्षको अनुभव रहेको छ ।
आचार्यले अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर र एमएनआईटी जैनपुरमा इन्जिनियरिङ्गमा स्नातक डिग्री हासिल गरेका छन् ।

























