यसरी हुँदैछ त्रिवि क्रिकेट मैदानमा लाइट जडानकाे काम

काठमाडौं । नेपाल प्रिमियर लिगको दोश्रो सिजन शुरु हुन केही दिन मात्र बाँकी छ । आगामी सोमबारदेखि हुने एनपीएललाई नै मध्यनजर गर्दै कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान निर्माणको काम अहिले धमाधम भइरहेको छ । अहिले त्यहाँ लाइट जडान अर्थिङ तथा नेटवर्कहरुको काम यसरी भइरहेको छ। २३ खेल फ्लड लाइट मार्फत खेलाउने योजना क्यानको याेजना अनुसार लाइट जडानकाे काम भइरहेकाे हाे।

शनिबारसम्म क्यानलाई हस्तान्तरण गर्ने कार्यक्रम निर्माण कम्पनीको छ। अहिले ३ ओटा पोलमा बत्ती जडान भइरहेको छ । बिहीबार बेलुकासम्म सबै काम सकिने गरी काम भइरहेको छ। प्याराफिट निर्माणको काम सम्पन्न भएर हस्तान्तरण भइरहेको छ । हेर्नुस तस्विर :कल्याण दुवाडि



LEAVE A REPLY

Please enter your comment!
Please enter your name here