प्रचण्डले भने ‘केपी हावा कुरा गर्छन्, अब एमाले छाेडेर सबै यता आउछन्’

फाइल फोटो

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले छोडेर सबै नेताहरू आफ्नो पार्टीमा आउने दाबी गरेका छन् ।

बुधवार भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसँगको सहमति पत्रमा हस्ताक्षर कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले हावादारी कुरा गर्ने गरेकोदे एमाले छोडेर सबै नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा आउने प्रचण्डको दाबी छ । ‘ केपीले हावा कुरा मात्रै गर्छन्, उनले भने ‘अब धेरै हाम्रो पार्टीमा आउने पक्का छ।’ नेपाली कम्युनिस्ट पार्टीमा १२ वटा राजनीतिक दलहरू समाहित भइसकेको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here