काठमाडौं । शुक्रबार सुनकाे भाउ ५ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ४९ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन तोलामा ५ हजार ९ सय रुपैयाँ मूल्य बढेर २ लाख ५० हजार २ सय रुपैयाँ पुगेकाे थियाे । यसअघि असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।
त्यस्तै आज चाँदी प्रतितोला ६० रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला ३ हजार २८५ रुपैयाँ पुगेकाे छ । बिहीबार चाँदि ताेलामा ३ हजार ३४५ रुपैयाँ थियो ।























