सरकारले सबै प्रदेश प्रमुख हटायो

काठमाडौं १७ कात्तिक । सातवटै प्रदेश प्रमुख पदमुक्त भएका छन् ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले उनीहरुलाई हटाउने निर्णय गरेको हो । सरकारको सिफारिसमा राष्ट्रपति कार्यालयले सातवटै प्रदेशका प्रमुख पदमुक्त भएको सूचना जारी गरेको छ।

संविधानको धारा १६५ को उपधारा १ को खण्ड अनुसार प्रदेश प्रमुख प्रदेश प्रमुखहरुलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

देउवा नेतृत्वको सरकारले ०७४ माघ ३ गते प्रदेश १ मा डा. गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश २ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश ३ मा अनुराधा कोइराला, गण्डकी प्रदेशमा बाबुराम कुँवर, प्रदेश ५ मा उमाकान्त झा, कर्णाली प्रदेशमा दुर्गाकेशर खनाल र सुदूरपश्चिम प्रदेशमा मोहनराज मल्ललाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो।

सातवटै प्रदेश प्रमुखलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेको थियो। जसप्रति वर्तमान नेकपा अध्यक्ष केपी शर्मा ओलीको सरकार सुरुदेखि नै रुष्ट थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here