काटठमाडौं । निर्वाचन आयोगले तोकेको दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने अवधि आज साँझ कार्यालय समयपछि सकिंदैछ ।
फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि आयोगले राजनीतक दल दर्ताको आह्वान गरेको थियो ।
यो अवधिमा हाल आधिकारिकता पाउने दलको संख्या १२६ पुगिसकेको छ । केहीले प्रमाणपत्र लिने प्रक्रियामा रहेकाले दलहरुले संख्याको टुंगो आज लाग्ने छ ।
यस्तै, मंसिर १ गतेदेखि १० गतेसम्म प्रतिनिधिसभा सदस्यको निर्वाचन लड्का लागि निवेदन दिनुपर्ने समय तोकिएको छ ।






















