‘निर्वाचनको वातावरण बनाउन सबै राजनीतिक दलहरूको सहमति आवश्यक’ : प्रचण्ड

फाइल फोटो

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचनको वातावरण बनाउन सबै राजनीतिक दलहरूको सहमति आवश्यक रहेको बताएका छन्।

साेमबार पेरिसडाँडामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सबै राजनीतिक दलहरूको सहमति भए निर्वाचनको वातावरण बन्ने बताए।

साथै उनले सबै एकजुट भएर जिम्मेवारीपूर्वक र गम्भीरताको साथ निर्वाचन प्रक्रियामा भाग लिनुपर्ने समेत बताए।

प्रचण्डले भने, ‘सबै सहमत भएर सबैले जिम्मेवारीपूर्वक र गम्भीरताको साथ निर्वाचन प्रक्रियामा लाग्नुपर्छ। घोषित निर्वाचन समयमा नै हुनुपर्छ। त्यसका लागि वातावरण बनाउन सबैको बीचमा सहमति चाहिन्छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here