सुर्खेतमा ट्याक्टर दुर्घटना, सहचालककाे मृत्यु

रासस
सुर्खेत । जाजरकोटको नलगाड नगरपालिका–१ चिउरीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

चिउरीबाट चिसापानीतर्फ गइरहेको भे २ त ५५९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा नलगाड नगरपालिका–१ चिउरीका २९ वर्षीय सहचालक करण विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नलगाड नगर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here