बजारबाट ५० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

काठमाडौँ । राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ झिक्न थालेको छ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले आज ५० अर्ब रुपैयाँ झिक्न थालेको हाे। आज ८६ दिनका लागि बजारबाट पैसा झिक्न लागेको हो ।

पछिल्लो तीन वर्षयता राष्ट्र बैंकले नियमित रूपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ । निक्षेप संकलनमा रकम राख्न चाहने बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म अनलाइन बोलकबोल गर्न सकिने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।

निक्षेप संकलनमा घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने छ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here