काठमाडौं । सशस्त्र प्रहरी बलको प्रवक्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) मनिष थापा नियुक्त भएका छन् ।
यसअघि सूचना अधिकारी तथा प्रवक्ता रहेका डीआईजी कालिदास धौवजी ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश भएको थियाे। त्यसपछि साे पछि उक्त पद रिक्त थियो ।
अहिले उक्त जिम्मेवारी थापालाई दिइएको हो ।

























