निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १३२ पुग्याे

काठमाडौं । निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १३२ पुगेको छ ।
हाम्रो पार्टी नेपालले दल दर्ताको प्रमाणपत्र लिएसँगै दलको संख्या १३२ पुगेको हाे।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा भएयता मात्रै १३ वटा नयाँ दल दर्ता भएका छन् । प्रतिनिधिसभाको निर्वाचनमा भाग लिनका लागि दलहरूले निर्वाचन प्रयोजनका लागि समेत दल दर्ता गर्नुपर्छ । प्रतिनिधि सभा निर्वाचनमा भाग लिने गरी हालसम्म ५६ दलले दल दर्ता गरेका छन् ।

निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने समय यही १० मंसिरसम्मको समय तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here