काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको कमाण्ड प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्कीले पाएका छन् ।
एआईजी दानबहादुर कार्की २४ कात्तिकमा आईजीपीमा नियुक्त भएसँगै खालि रहेकाे साे पदमा ईश्वर कार्कीलाई मन्त्रिपरिषद्ले पदस्थापन गरेको हो ।
कार्की कोसी प्रदेश प्रहरी कार्यालयको इञ्चार्ज रहेकै बेला एआईजीमा बढुवा भएका थिए । रानिपाेखरीले उपत्यकका तीन जिल्लाहरू काठमाडौं, भक्तपुर र ललितपुरको कमाण्ड गर्छ ।






















