मंसिर, काठमाडौं । प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि आज एकै दिन १५ वटा राजनीतिक दल दर्ता भएका छन् ।
यससँगै निर्वाचन प्रयोजनका लागि दर्ता हुने दलको संख्या ८० पुगेको छ । मंगलबार निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, उज्यालो नेपाल पार्टी, राष्ट्रियप्रजातान्त्रिक पार्टी नेपाल सहितका १५ पार्टी निर्वाचन आयोग पुगेका हुन् ।
निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने समय बुधबारसम्म छ ।





















