शेख हसिनाको अवामी लिगद्वारा विरोध प्रदर्शनकाे घाेषणा

१० मंसिर, काठमाडौं । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टीले ३० नोभेम्बरसम्म देशव्यापी विरोध प्रदर्शन आह्वान गरेको छ ।

इन्टरनेसनल क्राइम्स ट्रिब्युनलले १७ नोभेम्बरमा ७८ वर्षीया पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको फैसला सुनाएको थियो ।

अवामी लिगले आफ्नो आधिकारिक एक्स ह्यान्डलमार्फत् ट्रिब्युनलको फैसला मोहम्मद युनुसको अन्तरिम सरकारको राजनीतिक ‘षड्यन्त्र’ भएको आरोप लगाएका थियो ।

अर्को वर्षको फेब्रुअरीमा हुने भनिएको आम निर्वाचनमा हसिना र पार्टीलाई सहभागी नगराउने उद्देश्यले उक्त फैसला गरिएको आवामी लिगको टिप्पणी छ ।

पार्टीले ट्रिब्युनललाई अवैध भन्दै उक्त फैसला अस्वीकार गरेको छ । आवामी लिगले मोहम्मद युनुसको राजीनामा मागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here