काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन ९ सय रुपैयाँ बढेको सुन आज घटेर प्रतितोला २ लाख ४८ हजार ४ सय रुपैयाँमा झरेकाे हाे। अघिल्लो दिन २ लाख ४८ हजार ८ सय रुपैयाँ थियो ।
चाँदीको भाउ आज बढेको छ । चाँदी प्रतितोला ६० रुपैयाँ बढेको हो । महासंघले अघिल्लो दिन प्रतितोला मूल्य ३२२० रुपैयाँ तय गरेकोमा आज ३२८० रुपैयाँ तोकिएको छ ।
























