१४ कम्पनीलाई स्पष्टीकरण बुझाउन ७ दिन मौका

काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १४ निर्माण कम्पनीलाई सात दिने स्पष्टीकरण सोधेको छ ।

काम सन्तोषजनक नभएकाे भन्दै कालोसूचीमा राख्न सिफारिस भएर आएका कम्पनीलाई अन्तिम पटकका लागि ७ दिने स्पष्टीकरण सोधिएको हो । यसअघि ३० दिने म्याद दिएर स्पष्टीकरण सोधिएकोमा उक्त अवधिभित्र स्पष्टीकरण नबुझाएकाले पुन: स्पष्टीकरण सोधिएको कार्यालयले जनाएको छ ।

स्पष्टीकरण सोधिएका कम्पनीहमा विक्रम घले मुख्य व्यक्ति भएको लबकुश कन्स्ट्रक्सन प्रालि नुवाकोट, नारिन घले मुख्य व्यक्ति भएको मनकामना कन्स्ट्रक्सन प्रालि नुवाकोट, मुकुन्द अधिकारी मुख्य व्यक्ति भएको दीपश्री इन्जिनियरिङ प्रालि काठमाडौं, विजय गुरुङ मुख्य व्यक्ति भएको न्यू कामना/युनिभर्सल जेभी नुवाकोट र सुमन न्यौपाने मुख्य व्यक्ति भएको चन्द्रसूर्य निर्माण सेवा प्रालि काठमाडौं छन् ।

यसैगरी फिरोज मोहम्मद मनिहार मुख्य व्यक्ति भएको आर्कटिक कन्स्ट्रक्सन कपिलवस्तु, प्रेमबहादुर सापकोटा मुख्य व्यक्ति भएको पम्फा निर्माण सेवा बारा, तिलक बहादुर थापामगर मुख्य व्यक्ति भएको एम/एस च्याङ्ग्रासी निर्माण सेवा काठमाडौं, फुलचन श्रेष्ठ मुख्य व्यक्ति भएको एम/एस पूजा कन्स्ट्रक्सन धादिङ, ध्रुवप्रसाद सापकोटा मुख्य व्यक्ति भएको एम/एस डी.पी. कँडेल निर्माण सेवा काठमाडौं उमेश लामा मुख्य व्यक्ति भएको पवित्रा मल्टिपल कन्स्ट्रक्सन प्रालि काठमाडौं, पृुजन रावत मुख्य व्यक्ति भएको एम/एस चिता एण्ड सल्लेरी एसोसिएट्स प्रालि चितवन, आङ ओम्बु शेर्पा मुख्य व्यक्ति भएको पी.एन.डी. शेर्पा कन्स्ट्रक्सन काठमाडौं र मनोज कुमार यादव मुख्य व्यक्ति भएको क्वालिटी सोलुसन कम्पनी प्रालि ललितपुर छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here