कान्तिपथमा कारले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

काठमाडौं । काठमाडौंकाे कान्तिपथमा बुधबार राति कारले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् ।

बीएबी ५७२४ नम्बरको कारले बा. ८२ प २०८८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुङ्गाको लिखु गाउँपालिका–९ घर भएका ३४ वर्षीय सन्तोष खड्काको विहीबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

खड्काको केएमसी अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार २ जनामध्ये १ जनाको केएमसि अस्पतालमा र १ जनाको टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।

कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here