१२ मंसिर, काठमाडौं । हङकङमा बुधबार राति लागेको भीषण आगलागीमा परी मृत्यु हुनेको संख्या ९४ पुगेको छ । केही मानिसहरुको अवस्था अझै अज्ञात रहेकाे त्यहाँका सुरक्षाकर्मीहरुले बताएका छन्।
सम्बन्धित अधिकारीहरूले प्रारम्भिक अनुमानमा विद्युत् सर्टका कारण आगो लागेको आशंका गरेका पनि एकिन कारण भने पत्ता लागेकाे छैन ।
आगलागी भएकाे ती बहुतले भवनहरुमा विदेशी कामदारदेखि स्थानीयसम्म दर्जनौं परिवार बसोबास गर्दै आएका थिए ।
घटनास्थलमा उद्धार कार्य अझै जारी छ । घाइतेहरुमध्ये धेरैको अवस्था गम्भीर रहेको बताइएको छ ।
आगलागीबाट विस्थापित सयौं मानिसका लागि अस्थायी बसोबासका व्यवस्था पनि नगर प्रशासनले गरेको छ ।



























