काठमाडौं । शुक्रबार सुनको भाउ फेरि साढे २ लाख रुपैयाँ नाघेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ५० हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन सुन तोलामा २ लाख ४८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
विगत एक सातामा सुनको भाउ करिब ९ हजार बढेको छ । सुनको भाउ यसअघि असोज ३१ गते प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।
आज चाँदीको भाउ पनि रेकर्ड नजिक पुगेको छ । महासंघले आजका लागि चाँदी प्रतितोला ३३४५ रुपैयाँ तोकेको छ । यसअघि असोज ३१ गते ३३५० रुपैयाँको रेकर्ड बनेको छ । अघिल्लो दिन ३२८० रुपैयाँ प्रतितोलामा चाँदी कारोबार भएको थियो ।





















