भरतपुर अस्पताल देशकै ‘उत्कृष्ट अस्पताल’

काठमाडौं । चितवनको भरतपुर अस्पताल देशकै उत्कृष्ट अस्पताल बनेको छ । संघीय अस्पतालहरूको न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा सबैभन्दा बढी ८८ अंक प्राप्त गर्दैपहिलाे उत्कङअस्पताल बनेकाे हाे।

मापदण्डमा दोस्रो स्थानमा बाँकेको भेरी अस्पतालले ८३ अंक,पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ७९, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ७५, डडेल्धुरा अस्पताल ७३ र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले ७१ अंक पाएका छन् ।

यस्तै, राष्ट्रिय स्तरका प्रमुख अस्पतालहरूमा वीर अस्पतालले ६७, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले ६४, कोशी अस्पतालले ६३, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले ५९ र नारायणी अस्पतालले ५६ अंक मात्र प्राप्त गरेका छन् । भरतपुर अस्पतालले गुणस्तरीय सेवा प्रवाहमा उल्लेखनीय प्रगति गरेको । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक वर्ष २०८१/८२ को राष्ट्रिय संयुक्त वार्षिक समीक्षा गोष्ठीमा नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए। यी अस्पतालहरू सुधारको क्रममा रहेको डा. पौडेलको भनाइ छ ।

यता सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल र पाटनको मानसिक अस्पतालको अवस्था भने निकै कमजोर देखिएको छ । गजेन्द्रनारायण सिंहले जम्मा ३६ र मानसिक अस्पतालले ३२ प्रतिशत मात्र मापदण्ड पूरा गरेका छन् ।

मन्त्रालयका अनुसार न्यूनतम सेवा मापदण्डमा क्लिनिकल सेवा, नर्सिङ सेवा, अस्पताल प्रशासन, संक्रमण नियन्त्रण, औषधि व्यवस्थापनलगायत ९० भन्दा बढी सूचकहरू समावेश गरिएको हुन्छ । मूल्यांकनमा १३ वटा संघीय अस्पतालहरूलाई समेटिएको थियो ।

मन्त्रालयले कम अंक ल्याउने अस्पतालहरूलाई तत्काल सुधार योजना पेश गर्न निर्देशन दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here