काठमाडौं । ललितपुर महानगरपालिकाले शनिबारदेखि साताका २ दिन पाटन सम्पदा क्षेत्रलाई सवारीसाधन मुक्त (भेहिकल फ्री) घोषणा गरेको छ । भेहिकल फ्री कार्यक्रम चरणबद्ध विस्तार गरिने छ। पहिलो चरणमा शनिबार र बुधबार दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म सवारीसाधन रोकिने भएको छ । यसलाई लगातार दुई महिना परीक्षण गरी थप समय र दिन विस्तार गरिने समेत महानगरले जनाएको छ ।
पहिलो चरणमा १३, १७ र २० मंसिरमा सवारी रोकिने छ । २४ र २७ गते भने बिहान ८ देखि राति ७ बजेसम्म सवारी रोकिने छ । दोस्रो चरणमा ५, ९ र १२ पुसमा गाडी निषेध गरिने छ । सोही महिनाको १६ र १९ गते बिहान ८ देखि राति ७ बजेसम्म सवारी रोकिने भएको छ ।महानगरका अनुसार आकस्मिक सेवाका सवारीसाधन बाहेक सबै सवारी रोकेर यस क्षेत्रमा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना हुने भएका छन् ।

























