काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४९ औं प्राज्ञसभा प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति सुशिला कार्कीको सम्पन्न भएको छ । सो अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं प्रतिष्ठानका सहकुलपति महावीर पुनको उपस्थिति रहेको थियो । सभाले प्रतिष्ठानको आव २०८१\०८२ को कार्यक्रमको प्रगतिको समीक्षा गर्दै स्वीकृत गरेको छ ।
यस्तै सभाले आ व २०८२ /०८३ मा प्रतिष्ठानमा सञ्चालन गरिने कार्यक्रमहरु र नेपाल सरकारबाट प्राप्त बजेटमा चालुतर्फ ३४ करोड ९४ लाख, पूँजीगततर्फ २ करोड ८३ लाख तथा वैदेशिक तथा अन्य सहयोगबाट ४६ लाख ४५ हजार र आन्तरिक स्रोतबाट २ करोड २४ लाख ९५ हजार गरी कूल ४० करोड ४७ लाख ९५ हजार को वार्षिक कार्यक्रम बजेट स्वीकृत गरेको छ भने आ.व. २०८१\०८२ को लेखा परीक्षण प्रतिवेदनमा औंल्याइएका विषयहरुमा समुचित ध्यान दिई आगामी वर्षमा आवश्यक सुधारका लागि निर्देशन दिएको छ ।
४९ औं प्राज्ञसभाले प्रतिष्ठानबाट २०८२ सालमा प्रदान गरिने विज्ञान तथा प्रविधिका १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरुलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।
जस अनुसार २ लाख राशीको कुलपति राष्ट्रिय नवप्रवर्तन पुरस्कार, अन्नपूर्ण न्यूरोलोजिकल इन्स्टिच्यूट अफ एलाइड साइन्सेस्का डा। वसन्त पन्तलाई, २ लाख राशीको विज्ञान तथा प्रविधि प्रज्ञा पुरस्कार, काठमाडौं विश्वविद्यालयका प्रा। डा। सुबोध शर्मालाई, १ लाख राशीको विज्ञान पुरस्कार वातावरण केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयका डा। रमेश राज पन्तलाई, १ लाख राशीको प्रविधि पुरस्कार, काठमाडौं विश्वविद्यालयका प्रा। डा। सुदन झा लाई प्रदान गरिने भएको छ ।
७५ हजार राशीको विज्ञान तथा प्रविधि युवा पुरस्कार ५ जनालाई क्रमशः अन्नपूर्ण अनुसन्धान केन्द्रकी डा. सुष्मा पाण्डे, पक्लिहवा कृषि क्याम्पसका डा. मुक्तिराम पौडेल, काठमाडौं रिसर्च इन्स्टिच्यूट फर बायोलोजिकल साइन्सेसका डा.सागर अर्याल, काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेशनका डा.निरज दाहाल, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका श्री विपिन्द्र पाण्डे लाई प्रदान गर्ने निर्णय भएको छ ।
यस्तै ७५ हजार राशीको महिला विज्ञान तथा प्रविधि पुरस्कार वन विज्ञान अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालयकी डा.सोनी बराललाई प्रदान गर्ने निर्णय भएको छ । ५० हजार राशीको प्रज्ञा प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रवद्र्धन पुरस्कार २ जनालाई क्रमशः नेपाल गणित समाज र जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडलाई प्रदान गर्ने निर्णय भएको छ ।
५० हजार राशीको विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार कान्तिपुर मिडिया ग्रुपकी कमला तामाङ ९पाख्रिन लाई प्रदान गर्ने निर्णय भएको छ ।
जनही २५ हजार राशीको दयानन्द बज्राचार्य अनुसन्धान पुरस्कार २ जना क्रमशः जैविक प्रविधि केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयकी सुजा महर्जन र सेन्ट जेभियस कलेजका हरि अछामीलाई प्रदान गर्ने निर्णय भएको छ ।
१ लाख राशीको काजी इन्द्र कटुवाल कृषि पुरस्कार बैतडी नार्कका पूर्व वरिष्ठ वैज्ञानिकका डा’ मदन राज भट्टलाई प्रदान गर्ने निर्णय भएको छ । २५ हजार राशीको मोहनध्वज बस्नेत प्रज्ञा पुरस्कार सौर्य विद्युत उत्पादक संघलाई प्रदान गर्ने निर्णय भएको छ । यस्तै २५ हजार राशीको भुवनेश्वर प्रविधि पुरस्कार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई प्रदान गर्ने निर्णय भएको छ ।
१ लाख राशीको हामा बालकृष्ण श्रेष्ठ इन्जिनियरिङ्ग पुरस्कार २ जना क्रमशः हुलास स्टिल इण्डष्ट्रिजका डा. छवि मिश्रा र नेपाल विद्युत प्राधिकरणका विष्णु प्रसाद देवकोटालाई प्रदान गर्ने निर्णय भएको छ ।
सो अवसरमा प्रधानमन्त्रीले नास्ट स्थापनाको ४ दशक पार गरिसकेको अवस्थामा विज्ञान तथा प्रविधिको क्षेत्रमा के कति योगदान दिन सकियो स्वमूल्याङ्कन गर्न आग्रह गरे । उनले नास्ट विज्ञान तथा प्रविधिको राष्ट्रिय प्रतिष्ठान भएकोले नेपाल सरकारसँग नजिक रहेर सघनरुपमा कार्य उल्लेख गर्दै संस्थाको स्वायत्तताको कुरा पनि उठिरहेको छ, स्वायत्तता प्राप्तिको सूचक तपाईहरुले गर्ने कार्य कुशलता र कार्य सम्पादन बाटै प्रतिबिम्बित हुने बताए । उनले अनुसन्धानमा दोहोरोपना नगरीकन बहुपक्षीय सहकार्यमा अनुसन्धान कार्यलाई अगाडि बढाउन प्राथमिकता दिनु पर्ने कुरामा जोड दिए ।
सभामा मन्तव्य गर्दै नास्टका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नास्टमा वैज्ञानिकहरुको संख्या वृद्धि गर्नु पर्ने, संस्थाका कार्यक्रमलाई परिणाममुखी बनाउन पुनर्संरचना अपरिहार्य रहेकोले नास्टले आफ्ना अनुसन्धानात्मक कार्यक्रमहरु “एकेडेमिक रिसर्च र एप्लाइड रिसर्च” गरी २ वटा विधामा विभाजन गरी अगाडि बढ्न आग्रह गरे । सो अवसरमा स्वागत मन्तव्य तथा विषय प्रवेशका क्रममा प्रतिष्ठानका उपकुलपति प्रा डा दिलीप सुब्बाले उपस्थित सम्पूर्णमा स्वागत गर्दै प्राज्ञसभा आयोजनाको मुख्य उद्देश्य २०८२ सालको वार्षिक कर्यक्रम बजेट स्वीकृत गराउनु र विज्ञान तथा प्रविधिको क्षेत्रमा योगदान पुर्याउने पुरस्कारहरु सम्बन्धी निर्णय गर्ने रहेको जानकारी दिए ।
उपकुलपति प्रा डा सुब्बाले नियमित अनुसन्धानका अलवा युवाहरुमा अनुसन्धान क्षमता वृद्धि गर्न प्रशिक्षण तथा नवप्रवर्तन र उद्यमशिलतातर्फ पे्ररित गर्न अभिमुखीकरण जस्ता कार्यक्रमहरु प्रभावकारीरुपमा सञ्चालन गरिरहेको जानकारी दिए । प्रतिष्ठानका सचिव डा रविन्द्र प्रसाद ढकालले कार्यसूचिहरु अनुमोदनका लागि प्राज्ञसभा समक्ष प्रस्तुत गरे । उनले २०८२ सालमा प्रदान गरिने विभिन्न विधाका पुरस्कारहरुको लागि सिफारिस भएका वैज्ञानिक प्राविधिज्ञहरुको योगदान विवरण निर्णयार्थ प्रस्तुत गर्नु भएको थियो भने नास्टले आर्थिक वर्ष २०८१र०८२ मा हासिल गरेका मुख्य उपलब्धीहरुको सभालाई जानकारी गराए । सभाका सदस्यहरुले नास्टका क्रियाकलापहरुलाई अझ परिणाममुखी बनाउन विभिन्न सुझावहरु दिए ।





















