काठमाडौं । श्रीलंकामा ‘दितवा’ नामको तूफानपछि भिषण वर्षासँगै आएको बाढीपहिरोबाट कम्तिमा १३२ जनाको मृत्यु भएको छ । साथै १७६ जना बेपत्ता छन् ।
यो प्राकृतिक विपत्तीपछि राष्ट्रपति अनुरा कुमारा दिशानायकेले आपतकाल घोषणा गर्दै अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मागेका छन् । श्रीलंका सरकारले विदेशमा रहेका आफ्ना नागरिकहरुलाई स्वदेश पैसा पठाउन समत आह्वान गरेको छ ।
श्रीलंका विपद् व्यवस्थापन विभागका अनुसार पछिल्लो प्राकृत्तिक विपत्तिमा १५ हजारभन्दा बढी घर नष्ट भएका छन्। त्यस्तै ७८ हजार मानिसलाई सरकारी अस्थायी शिविरहरूमा राखिएको छ ।
अधिकारीहरूका अनुसार श्रीलंकाको एक तिहाइ भूभागमा बत्ती, पानीको धारासबै बन्द छन् । विद्युत् लाइनहरू ध्वस्त भएका छन् । धेरै क्षेत्रमा इन्टरनेट सेवा पनि अवरुद्ध भएको छ ।
राजधानी कोलम्बोबाट करिब ११५ किलोमिटर पूर्व क्यान्डीमा पनि पहिरोले सडकहरू भत्किएकोले बाटाे अबरुद्ध छ ।




















