चाँदिले फेरि राख्याे नयाँ रेकर्ड , सुनकाे भाउ भने घट्याे

काठमाडौं । चाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाएको छ ।

अघिल्लो दिनको तुलनामा आज मंगलबार चाँदी प्रतितोला १० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि चाँदी प्रतितोला ३,५४५ रुपैयाँ ताेकिएकाे छ ।

अघिल्लो दिन अर्थात साेमबार चाँदी ताेलाकाे ३ हजार ५३५ रुपैयाँमा कारोबार भएको थियो ।

यता आज सुनको भाउ भने सामान्य घटेको छ । अघिल्लो दिनको तुलनामा तोलामा ३०० रुपैयाँ मूल्य घटेको हो । यस दिन सुनको भाउ प्रतितोला २ लाख ५३ हजार ३ सय रुपैयाँ तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here