काठमाडौं । अमेरिकाले १९ वटा देशका नागरिकहरूलाई ग्रीन कार्ड र नागरिकताका लागि आवेदनमा रोक लगाएको छ। गैर युरोपेली देशहरु
अफगानिस्तान, म्यानमार, चाड, कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया, हाइटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन, बुरूण्डी, क्युबा, लाओस, सेइरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला नागरिकहरूलाई ग्रीन कार्ड र नागरिकताका लागि नयाँ आवेदन मंगलबारदेखि रोक लगाएको हो।
वाशिङ्टन डिसीमा अमेरिकी नेसनल गार्डका सुरक्षाकर्मीमाथि गोली प्रहार भएको घटनापछि राष्ट्रपति डोनाल्ड ट्रम्पले ती देशका नागरिकहरूले प्राप्त गरेको ग्रीनकार्ड पुनरवलोकन गर्न निर्देशन दिएका थिए।
मंगलबारदेखि भने ती देशका नागरिकहरूले ग्रीन कार्ड र नागरिकताका लागि दिएको आवेदनबारे थप प्रक्रियामा रोक लगाउने र नयाँ आवेदन पनि नलिने निर्णय गरेकाे हाे।
गत जुन भन्दा अगाडिदेखि नै अमेरिकामै रहेकाहरूले भने ग्रीन कार्ड र अमेरिकी नागरिकता लागि प्रक्रिया अगाडि बढाएपनि यो निर्णयले त्यस्ता व्यक्तिहरु ग्रीन कार्ड प्राप्त गर्ने अवसरबाट बञ्चित हुने देखिएका छन्।



























