८ सयले बढ्याे सुनकाे भाउ, चाँदिमा आज पनि नयाँ रेकर्ड

काठमाडौं । बुधबार सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ५४ हजार १ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ५३ हजार ३ सय रुपैयाँ थियो । यता चाँदीको भाउले चार दिनयता दैनिक नयाँ रेकर्ड बनाइरहेको छ ।
बुधबार चाँदी एकैदिन तोलामा ११० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ५४५ रुपैयाँ रहेको चाँदी आज ३ हजार ६५५ रुपैयाँ पुगेको हाे। याे हालसम्मको उच्च मुल्य हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here