चौथो दिन पनि घट्यो सेयर बजार

१७ मंसिर, काठमाडौं । साताकाे चौथो दिन बुधबार पनि सेयर बजार घटेकाे छ। आज नेप्से परिसुचक १३.५२ अंक घटेको हाे।

आज १३ अंक घटेसँगै नेप्से २६३१ अंकमा झरेको छ । बजार घटे पनि कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ४ अर्ब ४८ करोडको कारोबार भएकोमा आज ५ अर्ब २३ करोडको भएकाे हाे ।

आज ७४ कम्पनीको मूल्य बढ्दा १७७ को घट्यो भने ७ को स्थिर रहेकाे छ। आज फाइनान्स समूह सबैभन्दा धेरे १.५९ प्रतिशत बढेकाे छ। होटल तथा पर्यटन ०.५२, उत्पादन तथा प्रशोधन ०.२४ प्रतिशत बढे ।

जीवन बीमा सबैभन्दा धेरै १.१८ प्रतिशत घटेकाे छ। बैंकिङ ०.७५, विकास बैंक ०.५७, हाइड्रोपावर ०.५०, लगानी ०.५१, माइक्रोफाइनान्स ०.४८, निर्जीवन बीमा ०.७४, अन्य ०.५१ तथा व्यापार ०.३२ प्रतिशत घटे ।

आज पाँच कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा सागर डिस्टिलरी, मिथिला लघुवित्त, झापा इनर्जी, स्वस्तिक लघुवित्त र श्रीनगर एग्रिटेक छन् ।

त्यसैगरी ओम मेगाश्री फर्मास्युटिकल्सको ७.०२, बुङ्गल हाइड्रोपावरको ६.४४, हिमस्टार ऊर्जाको ६.२५, बन्दीपुर केबुलकारको ५.७७ तथा माबिलुङ इनर्जीको ५.०२ प्रतिशत मूल्य बढेकाे छ। सामलिङ पावरको मूल्य सबैभन्दा धेरै २.८५ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका पाँच कम्पनीमा बन्दीपुर केबुलकार, हिमालयन रिइन्स्योरेन्स, ङादी ग्रुप, ट्रेड टावर तथा सिक्लेस हाइड्रोपावर छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here